सुनको मूल्यमा बृद्धि : प्रतिताोला एक लाख ९ सय रुपैँया

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य ६ सय रुपैँयाले बढेको छ । छापावाल सुन प्रतितोला ६ सय रुपैँयाले बढेर एक लाख ९ सय रुपैँया कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख ३ सय रुपैँयामा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैँया तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला ९९ हजार ८सय रुपैँया तोकिएको थियो । थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रुपैँयाले बढेर एक हजार ४ रुपैँया पुगेको महासङ्घले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस