सर्लाही ट्याक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

सर्लाही : सर्लाहीमा ट्याक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।

सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ प्रदेश २– ०३ ००१ त २४३९ नम्बरको ट्रयाक्टरले घर अगाडि खेलिरहेकालाई बालकलाई ठक्कर दिदाँ मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन् ।

घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा बेलुकी साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बालकलाई ठक्कर दिइ फरार रहेका चालकको खोजी कार्य भईरहेको प्रहरी चौकी नारायणपुर सर्लाहीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस