बिहिबार, बैशाख १०, २०८३
बनेपामा बसले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु

काभ्रे  : जिल्ला स्थित अरनिको राजमार्ग अन्तर्गत बनेपामा बसले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बनेपाबाट धुलिखेलततर्फ जाँदै गरेको बा २ ख ५२९४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८१ प४२१४ नम्बरको मोटरसाइकललाई आज बिहान ६ :३० बजे ठक्कर दिदाँ मोटरसाइकल चालक गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बसको ठक्करबाट गम्भिर घाइते भएका मोटरसाइकल चालक रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं २ का २८ वर्षीय सुनिल कुमार खड्काको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार  मोटरसाइकलमा पछाडी सवारमा सोही ठेगानाका २७ वर्षीय सन्तोष खड्का घाइते भएका छन् । घाइतेको ललितपुर स्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकललाई ठक्कर दिने बसका चालकलाई ईलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय