एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता : रोहित पौडेलले प्रहार गरे शतक

काठमाडौं : एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालका लागि  रोहित पौडेललेशतक प्रहार गरेका छन् ।  नेपाल र पपुवान्युगिनीबीचको एकदिवसीय सिरिजअन्तर्गत काठमाडौंको कीर्तिपुरमा जारी खेलमा रोहितले शुक्रवार शतक प्रहार गरेका हुन् ।

यो समाचार तयार पार्दासम्म १०० बल खेलेका रोहितले ७ चौका र ४ छक्काको मद्दतले १ सय १९ रन जोडेका छन् । यसै खेलबाट रोहित एकदिवसीय क्रिकेटमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।

उनले पूर्व कप्तान ज्ञानेन्द्र मल्लको नाममा रहेको ४८० रनको रेकर्ड तोडेका हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय