निःशुल्क दन्त तथा स्वास्थ्य शिविरबाट बडालगाउँका २ सय १५ जना लाभान्वित

काभ्रे : जिल्लाको धुलिखेल नगरपालिका वडा नं ८ स्थित बडाल गाउँमा सञ्चालित निःशुल्क दन्त तथा स्वास्थ शिविरबाट २ सय १५ जनाले स्वास्थ्य लाभ लिएका छन् ।

रोटरी क्लब अफ काभ्रेको आयोजनामा, आई.सि.डि नेपाल तथा आई.सि.डि नेपाल हेल्थ केयर सेन्टरको प्रविधिक सहयोग, जनजागरण प्रगतिशील युवा क्लब र नाल्दुम नगरकोट जेसीजको सहयोगमा बडालगाउँ स्थित विनायक बाल आधारभुत विद्यालयमा शुक्रबार निःशुल्क दन्त तथा स्वास्थ शिविर संचालन गरिएको थियो ।

शिविरमा २ सय १५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा १ सय ७५ जनाको दांत परिक्षण, ४० जनाको सामान्य चेकजाँच, ४७ जनाको भिडियो एक्स–रे साथै निशुल्क औषधी वितरण गरिएको आई. सि. डि नेपालका अध्यक्ष तथा रोटरी क्लब अफ काभ्रेका उपाध्यक्ष श्याम तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार उक्त अवसरमा सरस्वती माध्यामिक विद्यालय र विनायक बाल आधारभूत विद्यालयका १ सय ६० जना बालबालिकालाई शैक्षिक सामग्रीका साथै टिफिन बक्स प्रदान गरिएको थियो। कार्यक्रममा रोटरी क्लब अफ काभ्रेका २०२१/२२ का अध्यक्ष रुक्मणि सिग्देलले रोटरी कल्ब अफ काभ्रेले निरन्तर सामाजिक रुपमा कार्य गर्दै आईरहेको बताईन ।

कार्यक्रममा धुलिखेल वडा नं ८ का वडा अध्यक्ष निराजन जंगम, रोटरीयन दमन कुमार श्रेष्ठ, केशव बडाल, पूर्व गाविस अध्यक्ष साधुराम बडाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चोला बहादुर गौतम, नाल्दुम नगकोट जेसिजका अध्यक्ष राजाराम गौतम, विद्यालयका प्रध्यानाध्यापक नवराज तिमल्सिनाले सहयोगी संस्थालाई धन्यवाद दिदै समाजमा यस्ता कार्यक्रम निरन्तरताको आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस