पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
शनिबार, चैत्र १२, २०७८ | १४:१६:५३
काठमाडौँ : शनिबार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
उक्त प्रणालीको प्रभावले प्रदेश नं १ तथा बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही सोही प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने बताइएको छ।
राति प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने भएको छ ।