मंगलबार, माघ २७, २०८२
दाङमा खोलामा  डुबेर एकैदिन २ जनाको मृत्यु

दाङ : दाङमा खोलामा डुबेर एकैदिन २ जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-२ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको नुहाउने क्रममा तलाउमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ भैसीलाई पानी खुवाउन गएका चौधरी तलाउ छेउमा नुहाउने क्रममा पानीमा डुबेर बेपत्ता भएका थिए । शुक्रबार बिहान तलाउको किनारमा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

त्यस्तै राप्ती गाउँपालिका–१ माथिल्लो भालुबाङको राप्ती नदीमा नुहाउने क्रममा अर्का एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा अर्घाखाँची सितगंगा नगरपालिका८ लापे बस्ने ३० वर्षीय शुक्रराज घर्तीमगर रहेका छन् । नदीमा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय