काभ्रे : ललितपुरको फूलचोकीदेखि काभ्रेको पनौती नगरपालिकाको वडा नं २ स्थित गुर्दुम डाँडासम्म साहसिक साइकल ट्रेल सञ्चालनमा ल्याइएको छ ।
आज (शनिबार) पनौती नगरपालिकाका उप–प्रमुख गिता बञ्जाराले ट्रेलको उद्घाटन गरेकी हुन् । उद्घाटनपछि १ सय ७५ जनाले साइक्लिङ गरेका छन् । साइक्लिङ गर्नेहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । मनोरञ्जनका दृष्टिले यो मार्ग एकदमै उपयुक्त रहेको उनीहरूको भनाइ छ ।
पनौती नगरपालिकाले ८ लाख रुपैयाँको लागतमा साइकल ट्रेल सञ्चालनमा ल्याएको हो । २२ दिनमा ट्रयाक निर्माण सम्पन्न भएको पनौती नगरपालिका–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए ।
उनका अनुसार उक्त साइकल मार्गको दुरी ७ किलोमिटर रहेको छ । यस्तै गुर्दुम डाँडाबाट ३ किलोमिटरको दुरीमा कुशादेवीस्थित ग्वार्को–पनौती–नमोवुद्ध सडकमा पुगिन्छ ।























