आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौ‍ं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य स्थिर रही आज आइतबार छापावाल सुनको मूल्य शुक्रबारकै मूल्य तोलाको एक लाख ९ सय रुपैयाँ कायम भएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस