काठमाडौं : काठमाडौं को बल्खुमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ । बल्खु–सातदोबाटो खण्डमा आज बिहान करिब २ बजे बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन् ।
मृत्यु हुनेमा धादिङ घर भएका ३१ वर्षीय मोटरसाइकल चालक नवीन न्यौपानेको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । न्यौपाने सातदोबाटो प्रहरी वृत्तमा कार्यरत थिए । सो दुर्घटनामा अर्का प्रहरी जवान तनहुँका सुमन सिंह घाइते छन् ।



















