बिक्री वितरणको लागि लैजाँदै गरेको २ वटा हात्ती सहित ३ जना पक्राउ
आइतबार, चैत्र १३, २०७८ | १५:०६:०३
पर्सा : नेपालबाट भारततर्फ बिक्री वितरणको लागि लैजाँदै गरेको २ वटा हात्ती सहित ३ जनालाई पकहामैनपुर गाउँपालिका-५ पोखरिया टोलबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१८ जितपुर बस्ने ६० वर्षीय बुदिराम महतो, सोही ठाउँ बस्ने ४० वर्षीय राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका-५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन् ।
उक्त स्थानमा बिक्री वितरणको लागि हात्तीहरू लैजाँदै गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य भइरहेको छ ।