‘नेपाल रेसर कप २०२२’ धुलिखेलमा सम्पन्न

काभ्रे : ‘नेपाल रेसर कप २०२२’ सम्पन्न भएको छ। जिल्लाको धुलिखेल स्थित हिमालयन मोटरल्यान्डमा ‘नेपाल रेसर कप २०२२’ शनिबार सम्पन्न भएको हो । बाइक रेसिङ प्रतियोगितामा तीन दिनसम्म विभिन्न प्रकारको छनोट खेलपश्चात प्रतियोगिता सम्पन्न भएको हो।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको मोटरसाइकल रेसिङ प्रतियोगिताको फाइनल खेलमा १५० सीसीतर्फ सन्दीप घिमिरे विजेता बने भने सुजन थापा मगर र महेश राना मगरले दोस्रो र तेस्रो स्थान हासिल गरे। त्यसैगरी, २०० सीसीतर्फ राजकुमार कार्की विजेता बने भने विवेश श्रेष्ठ र भीम होनाले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे।

१५० सीसी अन्तर्गत १५० देखि १८० सीसीसम्म र २५० सीसी अन्तर्गत २०० देखि २२० सीसी सम्मका बाइक राइडर सहभागी थिए। १५० सीसीमा ४८ जना र २०० सीसीमा २४ जना प्रतियोगीले भाग लिएका थिए।

विजेताहरुलाई नासाका प्रमुख सल्लाहकार गोविन्द भट्टराई, अध्यक्ष दशरथ रिसाल र महासचिव सुशील तण्डुकारका साथै नासाका अन्य पदाधिकारीहरु आशिष लामिछाने र सन्तोष न्यौपानेका साथै विभिन्न कम्पनीका पदाधिकारीहरु र मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले पुरस्कार वितरण गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस