कृषि कर्जा मेलामा आलीदेखी थालीसम्म
चितवन : भरतपुरको चितवन एक्सपो सेन्टरमा भएको कृषि कर्जा मेलामा आली देखी थाली सम्म रोचक विषय वस्तुले स्थान पाएको थियो । मेला चैत्र ९ गतेदेखि १२ सम्म सञ्चालन गरिएको थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले निरीक्षणको क्रममा नेपाली रैथाने खानाले कृषकलाई पूर्णरूपले बजारीकरणमा सहयोग पुग्ने बताए ।
ग्लोवल नेपालिज सेफ फेडेरेसनका केन्द्रीय अध्यक्ष भान्से लक्ष्मण प्रसाद भण्डारीले चितवनमा आली देखी थाली सम्म भन्ने कार्यक्रममार्फत कृषकलाई उत्साह प्राप्त हुने बताए।
मेलामा आफ्नै मौलीक गोठदेखि ओठसम्म दहि, मही र सर्वत ,स्थानीय थारू जातीको खानालाई प्रर्वधन गर्दै कार्यक्रम स्थललाई रौनक प्रदान गरेको अध्यक्ष भण्डारीले बताए। ‘आली देखी थाली सम्म’को पहिलो अध्याय शनिबार समापन भए पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष भण्डारीले बताए ।
कार्यक्रमलाई सफल बनाउन ग्लोवल नेपालिज सेफ फेडेरेसन,सेफ्स एशोसियसन अफ नेपाल चितवन शाखा, थ्रीस्टार मिट प्रा.ली चितवन , फस्ट च्वाइस मसाला ,अक्वा प्युस पानी ,होटल जंगल क्राउन सौराह , पैचो पसल , उद्योग बाणिज्य संघ चितवन , इभेन्ट संसार , इन्टरनेशनल स्कुल अफ होटल मेनेजमेंट चितवन , कृषी औजार व्यवसायी संघ अमिन फुडल्यान्डको सक्रियता रहेको थियो ।
परिकार तयार पार्न सेफ कुमार लामा,थारू खाना तयार पार्न सहयोग विनोद महतोको समुहले अग्रहणी भूमिका निभाएका थिए ।