स्थानीय तहको चुनावका लागि काभ्रेका ३ लाख ३ हजार ५ सय ६० जनाले मतदान गर्ने

काभ्रे : आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि काभ्रेमा ३ लाख ३ हजार ५ सय ६० जना मतदाताले मतदान गर्ने भएका छन् । जसमध्ये १ लाख ५४ हजार १ सय ८३ जना पुरुष, १ लाख ४९ हजार ३ सय ७५ महिला र २ जना अन्यले मतदानमा सहभागी हुनेछन् । स्थानीय तहको निर्वाचनका लागि काभ्रेमा १ सय ८९ मतदान स्थल र ३ सय ८१ मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

काभ्रेका पालिकाहरु मध्ये बनेपा नगरपालिकामा २४ मतदान स्थल र ४९ मतदान केन्द्र तोकिएको छ भने सबैभन्दा कम महाभारत गाउँपालिकामा ८ मतदान स्थल र १६ वटा मतदान केन्द्र तोकिएको छ । बनेपामा ३७ हजार ५ सय ८१ मतदाता छन भने महाभारतमा १२ हजार ४ सय २० मतदाता रहेका छन् ।

त्यस्तै पनौती नगरपालिकामा २० वटा मतदान स्थल र ४४ वटा मतदान केन्द्र तोकिएको छ । पनौतीमा ३८ हजार १ सय ४५ मतदाता छन् । पाँचखालमा १८ वटा मतदान स्थल र ३७ वटा मतदान केन्द्र तोकिएको छ । पाँचखालमा २९ हजार ६ सय ९७ मतदाता छन् । धुलिखेल नगरपालिकामा १९ वटा मतदान स्थल र ३४ वटा मतदान केन्द्र तोकिएको छ । धुलिखेल नगरपालिकामा २५ हजार ५ सय ८ मतदाता छन् ।

नमोबुद्ध नगरपालिकामा १६ वटा मतदान स्थल र ३० वटा मतदान केन्द्र छन् । नमोबुद्धमा २५ हजार ९ सय ५२ मतदाता छन् । मण्डनदेउपुर नगरपालिकामा १६ मतदान स्थलमा ३६ वटा मतदान केन्द्र तोकिएका छन् । मण्डनदेउपुर नगरपालिकामा २८ हजार ५ सय ३१ मतदाता रहेका छन् ।

गाउँपालिकाहरुमा रोशीमा १४ वटा मतदान स्थल र २८ वटा मतदान केन्द्र तोकिएका छन् । रोशीमा २२ हजार ५ सय ४३ मतदाता रहेका छन् । खानीखोलामा ९ मतदान स्थल र १५ मतदान केन्द्र तोकिएका छन् । खानीखोला गाउँपालिकामा १० हजार ३ सय ९ मतदाता रहेका छन् । खानीखोलामा १ अन्य पनि मतदाता रहेका छन् ।

चौरीदेउराली गाउँपालिकामा ११ मतदान स्थल र २४ मतदान केन्द्र रहेको छ । चौरीदेउरालीमा २० हजार १ सय ९१ मतदाता रहेका छन् । तेमाल गाउँपालिकामा १२ मतदान स्थल र २७ मतदान केन्द्र रहेको छ । तेमालमा २१ हजार १ सय ८ मतदाता रहेका छन् । बेथानचोक गाउँपालिकामा ९ मतदान स्थल र १८ मतदान केन्द्र रहेको छ ।

बेथानचोकमा १४ हजार ५ सय ५१ मतदाता रहेका छन् । भुम्लु गाउँपालिकामा १३ मतदान स्थल र २३ मतदान केन्द्र रहेका छन् । भुम्लुमा १ अन्य सहित १७ हजार २४ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस