वडा अध्यक्ष कर्माचार्यको नेत्तृत्वमा छापगाउँमा ‘घर घर जाऔँ काँग्रेस जिताऔँ अभियान’

काभ्रे : जिल्लाको धुलिखेल नगरपालिका वडा नं ४ मा नेपाली काँग्रेसले ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेसले ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियान कार्यक्रम आयोजना भएको थियो । आज आयोजित कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रविन्द्र कर्माचार्यले आगामी दिनमा नेपाली कांग्रेसलाई सबै तर्फबाट विजयी बनाउन कार्यकर्तालाई आव्हान गरेका थिए ।

अभियान अन्तर्गत आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउन अध्यक्ष कर्माचार्यले आव्हान गरेका छन् ।

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि यही फागुन २९ गतेदेखि एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान लाई सफल बनाउने उद्देश्यका नेपाली काँग्रेसले जिल्लाका विभिन्न पालिकाका पदाधिकारी, वडा कमिटीलाई लक्षित गरि भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस