काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य चार सय रुपैँयाले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा एक लाख पाँच सय तोकिएको छ ।
त्यस्तै तेजावी सुनको मूल्य एक लाख रुपैयाँ प्रतितोला कायम भएको गरिएको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य २० रुपैँयाले घटेर प्रतितोला १३ सय ८० रुपैयाँ प्रतितोला तोकिएको छ । आइतबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।



















