चैत्र २५ गतेदेखि काभ्रेका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

काभ्रे : काभ्रेका बालबालिकालाई चैत्र २५ गतेदेखि टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई चैत्र २५ गतेदेखि टाइफाइड विरुद्धको खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेद्वारा सञ्चालित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

जिल्ला स्वास्थय कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तमराज सेढाँईका अनुसार जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका ९० हजार बालकालिकालाई आगामी चैत्र २५ गतेदेखि ३० गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने छ ।

खोप अभियान सञ्चालनका लागि जिल्लामा आवश्यक पूर्व तयारी, जनशक्ति परिचालन तथा व्यवस्थापन र तालिम, खोपको भण्डारण लगायतको तयारी गरिएको डा. सेढाँईले बताए । काभ्रेपलान्चोक जिल्ला पनि टाइफाइडको उच्च जोखिममा रहेकाले यसको न्यूनीकरण गर्न खोप अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा उनले जोड दिए ।

टाइफाइड विरुद्धको खोप लगाउनका लागि सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखामा समन्वय गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय