धुलिखेलमा एमालेलाई एकपछी अर्को धक्का : दर्जनौं काँग्रेसमा प्रवेश

काभ्रे : स्थानीय तहको निर्वाचन संघारमै छ । निर्वाचन नजिकिँदै गर्दा जिल्लाको धुलिखेल नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेस प्रवेश गर्नेको लर्को लागेको छ।

आज मात्रै धुलिखेल नगरपालिका वडा नं ४ स्थित छापगाउँमा विभिन्न पार्टी परित्याग गरी करिब ६० जना नेपाली काँग्रेस प्रवेश गरेको वडा अध्यक्ष रविन्द्र कर्माचार्यले जानकारी दिए ।

विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गर्नेहरुलाई आज भव्य स्वागत गरिएको अध्यक्ष कर्माचार्यले बताए । उनका अनुसार सोही अवसरमा नेपाली काँग्रेसले छापगाउँ टोल  कार्यसमिति गठन गर्नुको साथै ‘एक घर एक काँग्रेस सदस्यता’ अभियान पनि सञ्चालन गरिएको छ ।

धुलिखेल नगरपालिका वडा नं ४ वडा अध्यक्ष रविन्द्र कर्माचार्यको नेत्तृत्वमा भएका विकास निर्माण कार्यको प्रतिफलका कारण वडामा नेपाली काँग्रेसतर्फ आकर्षण बढ्दै गएको पाइन्छ । जसको प्रतिफल स्वरुप आज करिब ६० जनाभन्दा बढिले विभिन्न पार्टी परित्याग गरेर नेपाली काँग्रेस प्रवेश गरेको स्थानीय काँग्रेसका कार्यकर्ताहरुको बुझाईँ छ ।

५ वर्षको समय अवधिमा वडा नं ४ मा अध्यक्ष कर्माचार्यको नेत्तृत्वले विकासको मुहार फेरेको छ । बाटो–घाटो बने, घरघरमा खानेपानी पुग्यो, स्थानीयका हरेक समस्यामा घरघरमा पुग्ने, समस्या समाधानका लागि पहल गर्ने लगायतका उल्लेखनीय कार्यहरुका कारण पनि आज नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको संख्यामा बृद्धि भएको उनीहरुको बुझाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस