मंगलबार, माघ २७, २०८२
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पाल्पा :  ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिनाउ गाउँपालिका-५ डेरा गरी बस्ने प्युठान झिम्रुक गाउँपालिका-६ घर भएका २५ वर्षीय प्रेम पुन मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पुनले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय