मोटरसाइकल दुघटना हुँदा चार बालकको मृत्यु
धनुषा : धनुषमा मोटरसाइकल दुघटना हुँदा चार बालकको मृत्यु भएको छ । धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार परी सबैला नगरपालिका–२ निवासी १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेका छन् । दुर्घटनामा परी गम्भीर भएका घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याएपनि चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
सोही दुर्घटनामा सबैला–२ निवासी १९ वर्षीय सुरेन्द्र यादव पनि घाइते भएको र उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।