एकैदिन १३ सय रुपैँयाले घट्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । छापावाल सुनको मूल्य आज एकैदिन १३ सय रुपैँयाले घटेर प्रतितोला ९९ हजार दुई सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसको मूल्य अघिल्लो दिन एक लाख पाँच सय रुपैयाँ तोकिएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९८ हजार सात सय रुपैयाँ कायम भएको छ । जसको मूल्य अघिल्लो दिन प्रतितोला १ लाख रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै १३ सय ७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस