
सुनसरी : इटहरीमा बम विष्फोट हुदाँ दुई जना घाइते भएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर–२ स्थित नव जागृति टोलमा रहेको अमित श्रेष्ठको घरमा विष्फोट भएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार बम विष्फोटमा परेर डेरावाला २२ वर्षीय रविन थापा र उनका साथी लमजुङ घर भएका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् । रविनको विराटनगर स्थित आँखा अस्पताल र शेरजंगको धरान स्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।
विष्फोट भएको ठाउँमा ‘कफन अवधारणा’ र हिमाल सुरक्षा परिषद्को पर्चा फेला परेको डिएसपी खड्काले बताए । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।