भृकुटीमण्डपमा भोलिदेखि राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा १६ चैतबाट ‘छैठौँ टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ हुने भएको छ । प्रतियोगिता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको हो ।

१६ देखि २० सम्म आयोजना हुने प्रतियोगितामा विभिन्न जिल्लाका करिब ७० वटा टोलीको सहभागिता रहनेछ । दर्शकलाई निशुल्क प्रवेशको व्यबस्था गरिएको कार्यक्रममा पहिलो दिन उद्घाटन सत्र र त्यसपछि दोहोरी प्रतियोगीता सुरु हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले बताए ।

प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोक दोहोरी तर्फको राष्ट्रिय रिनङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै द्वितीय हुने टोलीले ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ सहित ट्रफी, पदक, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सो प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रुपैयाँ सहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिनेछ । यस्तै उत्कृष्ट भेषभुषा र उत्कृष्ट अनुसासन टोलीले पनि १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय