प्रहरी जवान केसी मृत अवस्थामा फेला
मंगलबार, चैत्र १५, २०७८ | १५:२०:४७

सल्यान : सल्यानमा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । ड्युटीका लागि पोस्टमा गएका इलाका प्रहरी कार्यालय शीतलपाटीमा कार्यरत प्रहरी जवान पवन मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सल्यान प्रहरी प्रमुख डीएसपी सुमित खड्काका अनुसार उनको ड्युटी सोमबार बिहान २ देखि ६ बजेसम्म थियो । ड्युटीमा नभेटेपछि रातभर उनको खोजतलास गरिएको गरिएको थियो । करिब ५० मिटर तल केसी मृत अवस्थामा भेटिएको डीएसपी खड्काले बताए ।
ड्युटी पोस्टबाट केही टाढा पर्ने भीरमा उनी किन गए भन्ने नखुलेको र अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए । मृतक केसी पश्चिमरूकुमका हुन् ।,