औद्योगिक क्षेत्रमा झ्याप्पझ्याप्प बिजुली गएपछि उद्योगीले मागे लोडसेडिङ तालिका

मोरङ : मोरङको औद्योगिक क्षेत्रमा झ्याप्पझ्याप्प बिजुली गएपछि उद्योगीले मागे लोडसेडिङ तालिका माग गरेका छन् । मोरङका उद्योगीहरूले १२ घण्टासम्म लोडसेडिङ हुँदा उत्पादनमा भारी गिरावट आएको बताएका छन् । मोरङका तीन व्यापारिक संस्थाहरूले बुधवार पत्रकार सम्मेलन गर्दै उत्पादन गरेको वस्तुमा ६० प्रतिशतसम्म गिरावट बताएका हुन् ।

नेपाल उद्योग परिसंघ, मोरङ व्यापार संघ तथा उद्योग संगठन मोरङले संयुक्त पत्रकार सम्मेलन गर्दै सहजरुपमा उद्योग सञ्चालन गर्ने वातावरण बनाइदिन माग गरेका छन् । गत चैत ८ गतेदेखि नियमित १२ घण्टासम्म बिजुली कटौती हुँदा उद्योगधन्दा नै बन्द गर्नुपर्ने अवस्था उनीहरूको भनाइ छ ।

विना सूचना लामो समयसम्म गरिएको लोडसेडिङले समस्या भएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । ‘ऊर्जामन्त्री तथा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले उद्योग–उद्योगमै आएर विद्युत दिन्छौँ लगानी बढाउनुहोस् भनेर पहिला हौसला दिएका थिए,’ उनले भने, ‘तर यति बेला भने उनीहरू फोनसमेत उठाउँदैनन् ।’

पिक समयमा विद्युत कटौती गर्दा मजदुरसमेत मारमा परेको उनीहरूको भनाइ छ । विद्युत कटौती भएपछि मजदुर कामविहीन हुँदा उनीहरूको चुल्होसमेत बल्न छाड्ने उनीहरूको भनाइ छ ।

सहज र सरल हिसाबले सरकारले उद्योगीहरूलाई सहयोग गर्नुपर्ने उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलको भनाइ छ । उनीहरूले लोडसेडिङको तालिकासमेत मागेका छन् । ६ घन्टासम्म लोडसेडिङको मार खेप्न सकिने भन्दै उनीहरूले प्राधिकरणसँग तालिका माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस