नमोबुद्धमा माओवादीप्रति आर्कषण बढ्दो : विभिन्न पार्टी परित्याग गरी दजर्नौ माओवादीमा प्रवेश

काभ्रे : पछिल्लो समय जिल्लाको नमोबुद्ध नगरपालिकामा नेकपा माओवादी केन्द्रप्रति आर्कषण बढ्दै गएको देखिन्छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गर्नेको संख्यामा बृद्धि भएको छ ।

माओवादी केन्द्रद्वारा सञ्चालन गरेको एक हप्ते प्रशिक्षनात्मक अभियानको क्रममा उनीहरु प्रवेश गरेका हुन् । वडा नं. ११ काप्रेढुंगामा आयोजित पार्टी टोल भेलाको अवसरमा समिर घोरसाइने, भिमसेन आचार्य, गुण्डामान तामाङ, प्रतिमा घोरसाइने, रमेश घोरसाइने, कमला सुवाल र जानुका राई लगायत माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

त्यसैगरी वडा नं. ११ बाट बुद्ध तामाङ, रणबहादुर तामाङ, पञ्चकुमारी तामाङ, कुमार तामाङ, पासाङ लामा, कल्पना तामाङ। तिर्थमाया तामाङ माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य तथा नमोबुद्ध नगरपालिकाका इन्चार्ज टासी लामा र अध्यक्ष मिन्डु लामा लगायतका नेताहरुले स्वागत गरेका थिए ।

सो क्रममा वडा नं १० र ११ का विभन्न स्थानमा टोल कमिटी गठन गरेको छ । निर्वाचनलाई ध्यानमा राखी नमोबुद्ध माओवादी केन्द्रले एक हप्ते संगठन सुदृढिकरण तथा प्रशिक्षनात्मक कार्यक्रम सञ्चालन गरेको नगर अध्यक्ष लामाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस