स्कुल जाँदै गरेका दुई बालिकाको टिपरको ठक्करबाट मृत्यु
बुधबार, चैत्र १६, २०७८ | १२:०४:०१
काठमाडौँ : स्कुल जाँर्दै गरेका दुई बालिकालाई टिपरले ठक्कर दिँदा मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वल्र्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान ८ः३० बजे टिपरको ठक्करले दिँदा मृत्यु भएको हो । घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा४ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएकामा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको छ
प्रहरीका अनुसार सो घटनामा घिसिङ पनि गम्भीर घाइते भएका छन् । घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।