
काभ्रे : वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देशभर म्यादी प्रहरी छनोट प्रक्रिया चलिरहेको छ। म्यादी प्रहरीका लागि दरखास्त दिएकाहरुको स्वास्थ्य तथा शारीरिक परीक्षण लगायत जाँच गरेर छनोट प्रक्रिया अगाडि बढाइएको हो।
आवेदक उम्मेदवारहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा लिइन्छ। म्यादी प्रहरीका लागि झन्डै ३ लाखले आवेदन दिएका थिए। यस पटकको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिँदैछ।
जिल्ला प्रहरी कार्यालय काभ्रेमा भएको म्यादी प्रहरी छनौट कार्यका तस्बिरहरु :