जुवातास खेलिरहेको अवस्थामा काभ्रे तेमालका अर्जुन सहित ५ जना पक्राउ

काभ्रे : काठमाडौं महानगरपालिका-१६ कालधारास्थित काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१७ ढल्कु बस्ने काभ्रे तेमाल गाउँपालिका-४ घर भएका ५३ वर्षीय अर्जुन तामाङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार २ सय रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय