अपाङ्गताको सवालमा स्थानीय सरकारको भूमिकाबारे छलफल कार्यक्रम सम्पन्न

काभ्रे : अपाङ्गताको सवालमा स्थानीय सरकारको भूमिका बारे छलफल कार्यक्रम सम्पन्न भएको छ । मंगलबार अपाङ्गताको सवालमा स्थानीय सरकारको भूमिका विषयक जिल्ला स्तरीय छलफल कार्यक्रम बनेपामा सम्पन्न भएको हो।

बनेपामा सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारको प्रमुख आतिथ्यता तथा जिल्ला अपांगता समन्वय समिति अध्यक्ष सुरेश धितालको सभा अध्यक्षतामा छलफल कार्यक्रम गरिएको थियो । कार्यक्रममा सुस्त मनस्थिती कल्याण सस्था केन्द्रिय अध्यक्ष लम्बोदर कायस्था पारस्पिरिक जवाफदेहिता स्थानिय पहल परियोजनाको नेपाल प्रमुख टोनी वाण्डुरेण्ट तथा नेपाल सहायक प्रमुख प्रेम ओझा विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा अपांगताको परिदृयष्य, बर्तमान अवस्था, स्थानिय सरकारहरुको प्रयास, सम्भावना र अवसरमा चुनौतिको साथै अपांगता भएका नागरिकको अधिकार सुनिश्चित विषयमा समेत केन्द्रित कार्यपत्र प्रस्तुत गरिएको थियो । यसका साथैआगामी दिनमा स्थानिय सरकारले सरकार प्रतिनिधिलाई कार्यक्रममा थप सहयोग पुग्ने गरी अपांगताको क्षेत्रमा कार्य गर्न मद्दत गर्न अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रियामा आएको सवाललाई स्थानिय सरकारमा प्राथमिकतामा राख्ने सहयोग गराउन पहल गर्ने कार्यमा महिला तथा बालबालिका शाखा कार्यालय बनेपा नगरपालिकाकी बिजया लक्ष्मी सुवेदी, पनौती नगरपालिकाकी लक्ष्मी पोखरेल, धुलिखेल नगरपालिकाकी भवानी मिश्र तथा नमोबुद्ध नगरपालिकाकी रमा विश्वकर्माले प्रतिबद्धता जनाएका थिए ।

विषयगत शाखाको प्रतिबद्धताको क्रममा केहि पालिकामा असल अभ्यास रहेको भएतापनि केहि पालिकामा काम गर्न गठिनाई छ । असल अभ्यासलाई अनुसरण गर्न पनि सरकारको प्रतिनिधिले सहयोग पु¥याउने विषयमा ध्यान केन्द्रित हुन सकिरहेको छैन ।

धुलिखेलको अपांग परिषद होस या पनौतीको लैंगिक निति अवलम्बनको अभ्यास बनेपा र नमोबुद्ध सहित अन्य पालिकामा पनि कार्यान्वयन गर्न सकेमा अपांगताको सवाललाई सरकारले महत्व दिएको सार्थकता हुने विषयमा समेत सहभागि सामाजिक संघ सस्थाको नागरिक बिच छलफल गरिएको थियो ।

२०४२ सालमा नेपालमा आएर हेर्दा अपांगताको अवस्थामा परिवारले हेर्ने दृष्टिकोण र अवस्थामा स्थलगत आवासमै गरेको अनुभव आज आएर खुल्ला बहस र स्थानीय सरकारले गरेको अभ्यासको साथै अझै यस कार्य गर्न पर्ने विषयमा नागरिक समाज र स्थानिय सरकारको ध्यान आकर्षणको साथै जागरुकताले खुशी लागेको र आफूले गर्नु पर्ने भूमिकामा सदैव संगै रहने धारणा नेपाल प्रमुख टोनी बाण्डोरेण्टले बताए ।

अपांगताको सवालमा भएको अन्तरक्रिया कार्यक्रममा नितिगत व्यवस्था र कार्यान्वयन गर्ने निकाय स्थानीय सरकार रहेको र अनुगमनको पाटोमा जिल्ला प्रशासन रहेको र स्थानीय सरकारले गरेको नितिगत व्यवस्था र आवश्यक पर्ने संघीय सरकारसंगको समन्वयमा गर्ने प्रकृयाको लागि जिल्ला प्रशासन कार्यालय नागरीककै साथमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले बताए।

कोहि कसैले प्रशासनिक रुपमा अपांगताको विषयमा द्धन्ददेखि अन्य प्रकृयामा राज्यबाट सेवा सुविधाबाट बञ्चित नरहेको बताउँदै आवश्यक सूचना श्रोतको आधारमा काभ्रेमा सहयोग पु¥याई रहेको र आगामी दिनमा पनि पु¥याउने प्रतिबद्धता बढि स्थानीय सरकार यस कार्यमा नितिगत रुपमै अगाडी बढ्न सुनुवारले अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस