सोमबार, बैशाख ०७, २०८३
धुलिखेलमा एमालेलाई फेरि अर्को धक्का : एमालेका वडा कमिटी अध्यक्ष थापा काँग्रेसमा प्रवेश

काभ्रे : केही दिनदेखि जिल्लाको धुलिखेल नगरपालिकामा एमलेलाई एक पछि अर्को गर्दै धक्का लागि रहेको छ । धुलिखेलमा एमालेका प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गरेसँगै एमालेलाई धक्का लाग्न सुरु भएको हो । जुन क्रम अझै जारी छ ।

नेकपा एमाले धुलिखेल नगरपालिका वडा नं ४ का वडा कमिटी अध्यक्ष आशिष थापा आज नेपाली काँग्रेस प्रवेश गरेका हुन् । मण्डनदेउपुर नगरपालिकाको कुन्तावेशीमा आज कार्यक्रमकाबिच नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले वडा कमिटी अध्यक्ष थापालाई कांग्रेसमा स्वागत गराएका हुन् । वडा कमिटी अध्यक्ष थापा काँग्रेसमा प्रवेश भएसँगै धुलिखेलमा एमालेले फेरि अर्को झड्काको सामना गर्नु परेको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय