जिल्ला सहकारी संघ काभ्रेद्वारा आयोजित ६५ औं राष्ट्रिय सहकारी दिवस कार्यक्रम सम्पन्न

काभ्रे : जिल्ला सहकारी संघ लि काभ्रेद्वारा आयोजित ६५ औं राष्ट्रिय सहकारी दिवस कार्यक्रम सम्पन्न भएको छ । जिल्ला भित्र रहेका सहकारी संघ/संघहरुको उपस्थितीमा बिहीबार ६५ औं राष्ट्रिय सहकारी दिवस भब्य रुपमा सम्पन्न भएको हो ।

संघका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रमको राष्ट्रिय सहकारी महासंघ लिका सञ्चालक सदस्य तथा बागमती प्रदेश सहकारी समन्वय उप समितिका संयोजक श्री डि.बि बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रत्येक वर्ष सहकारी अभियानकर्मीहरु बीचको सहभागितामा विविध कार्यक्रमहरु गर्दै आइरहेको संघले यस वर्ष सहकारीका समसामयिक विषय र आगामी कार्यदिशा सम्वन्धि अन्र्तक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरेको हो ।

सहकारी क्षेत्रमा हाल देखिएका बिषयहरुमा केन्द्रित भई अब सहकारी संस्थाहरु कुन बाटोबाट अगाडि बढ्नुपर्दछ भन्ने विषयमा केन्द्रित भई भएको छलफल कार्यक्रम समय सान्दर्भिक रहेको सहभागिहरुको निष्कर्ष समेत रहेको थियो । अन्र्तक्रियात्मक रुपमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न प्रकृतिका सहकारी संस्थाहरुको जिज्ञासालाई समाधान गर्ने कार्य सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै महासंघका सञ्चालक तथा कार्यक्रमका प्रमुख अतिथी डि.बि बस्नेतले हाल सहकारीमा देखिएका समस्याहरु समाधान गर्नका लागि यी र यस्तै खालका कार्यहरुका बारेमा आम सहकारी संस्था तथा अभियानकर्मीहरुमा समुहमा विभाजन गरी अझ छलफल गर्नुपर्ने धारण राख्दै जिल्ला सहकारी संघ लि काभ्रेले गर्दै आएको विविध कार्यक्रमहरु अत्यन्तै सान्दर्भिक रुपमा रहेको र बागमती प्रदेशका जिल्लामा नै उत्कृष्ट जिल्ला बनाउने कुरामा आफु ढुक्क भएको जानकारी गराए ।

जिल्ला सहकारी संघ लिका अध्यक्ष दिलिप शर्माले जिल्लामा समुदायमा आधारित भई कार्य गर्न, सुशासन र पारदर्शि रुपमा आफ्ना गतिविधिहरुलाई लैजान संघले विभिन्न खालका गतिविधिहरु गर्दै आइरहेको जानकारी दिए । ७७ जिल्लामा उत्कृष्ट जिल्लाको रुपमा विकास गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्क्त गरेका थिए ।

संघले यहि चैत्र २० गतेका दिन संघको कार्यालयमा नेपालको झण्डा, अन्र्तराष्ट्रिय सहकारी महासंघको झण्डा फेर्ने, पूजा गर्ने बेलुका दिपावली गर्ने सहितका कार्यक्रम रहेको जानकारी गराउँदै सबै सहकारी संस्थाहरुमा उक्त दिन आफ्नै संस्थामा दीवावली समेत गर्न संघका अध्यक्ष दिलिप शर्माले अपिल गरेका थिए ।

कार्यक्रममा विषयवस्तुको कार्यपत्र प्रस्तुती राष्ट्रिय सहकारी बैंकका कार्यकारी अधिकृति बद्री गुरागाँईले प्रस्तुत गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष अमन पोटे श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन संघका सचिव निरन्जन बिष्टले गरेका थिए ।

१५० जना भन्दा बढी सहकारी अभियानका विधिन्न प्रारम्भिक सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनीधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा विधिन्न जिल्ला भित्र रहेका बिषयगत संघका अध्यक्षहरु जितेन्द्र नकर्मी, सुमन नेपाल, बिधान जोशि, मेनेजसैक्लवका उपाध्यक्ष गोपाल दाहाल, प्रोूकुनका अध्यक्ष उद्धव सापकोटा लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला सहकारी संघ लि। का निबर्तमान अध्यक्ष विनोद पराजुलीको सहभागिता रहेको थियो भने सहकारी बिज्ञ तथा कर सम्वन्धि ज्ञाता शेषमणी दाहालको समेत सहभािगतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस