धुलिखेलमा आजबाट हरिसिद्धि जात्रा सुरु

काभ्रे : जिल्लाको धुलिखेल नगरपालिकामा आजबाट हरिसिद्धि जात्रा सुरु भएको छ । हरेक १२/१२ वर्षमा मनाइने हरिसिद्धि जात्रा आज चैत्र १८ गतेदेखि २१ गतेसम्म मनाइने छ । जात्रामा ललितपुरको अति पौराणीक र एतिहासिक हरिसिद्धि १२ वर्षे नाच देखाउने गरिन्छ ।

यस जात्रामा ललितपुरको हरिसिद्दीबाट देबघान आइ धुलिखेल नगरमा नाच्ने गर्दछन् । नेपालमा यद्यपी हरिसिद्धि देविसित सम्बद्ध स्थलहरु अनेकौ छन् । तथापी यी देवीका मन्दिरहरु ललितपुर र धुलिखेलमा दुईओटा प्रसिद्ध छन् । धुलिखेलका हरिसिद्धि ललितपुरबाटै लगेर त्यहाँ स्थापना गरिएका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस