बिहिबार, बैशाख १०, २०८३
चैत्र २० र २१ गते धुलिखेल नगरपालिका बन्द हुने

काभ्रे : जिल्लाको धुलिखेल नगरपालिकाको कार्यालय चैत्र २० र २१ गते बन्द हुने भएको छ । हरेक १२ वर्षमा लाग्ने हरिसिद्धि जात्राको अवसरमा चैत्र २० र २१ गते नगरपालिकाको कार्यालय बन्द हुने भएको हो । नगरपालिकाले सूचना प्रकाशित गदै स्थानीय पर्व हरिसिद्धि जात्राकोअवसरमा कार्यालय बन्द हुने बारे जानकारी गराएको छ।

प्रकाशित सूचनामा भनिएको छ, ‘नगरपालिकाका स्थानीयले १२/१२ वर्षमा मनाउने गरिएको हरिसिद्धि जात्राको अवसरमा चैत्र २० र २१ गते बिदा दिन चैत्र ७ गतेको कार्यपालिकाको बैठकमा निर्णय भए अनुसार उक्त दुई दिन नगरको कार्यपालिकाको कार्यालय तथा मातहतका वडा कार्यालय एवं स्वास्थय तथा शैक्षिक संस्थाहरु बन्द रहने व्यहोरा सर्वसाधारणलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सिफारिस

ताजा समाचार

लोकप्रिय