सुनको मूल्य आज आठ सय रुपैँयाले बढ्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य ८ सय रुपैँयाले बढेको छ । छापावाल सुनको मूल्य आज प्रति तोलामा आठ सय रुपैयाँले बढेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

जसको मूल्य बिहीबार सुन तोलाको ९८ हजार नौ सय रुपैयाँ तोकिएको थियो । तेजाबी सुनको मूल्य तोलाको ९९ हजार दुई सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । प्रति तोलामा १० रुपैयाँले बढी एक हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस