म्यादी प्रहरी छनौटका लागि काभ्रेमा आज लिखित परीक्षा सम्पन्न

काभ्रे  : स्थानीय तहको निर्वाचनको लागि सरकारले माग गरेको म्यादी प्रहरीको लागि काभ्रेमा आज लिखित परीक्षा सम्पन्न भएको छ । म्यादी प्रहरी छनौटका लागि काभ्रेमा चैत्र १५ गतेदेखि १७ गतेसम्म वियरिङ परीक्षण , शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण परीक्षा सञ्चालन गरिएको थियो ।

उक्त परीक्षामा उत्तीर्ण भएकाहरुको आज लिखित परीक्षा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार आज धुलिखेल स्थित धुलिखेल फुटबल ग्राउण्डमा जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकका पदाधिकारीहरुको उपस्थितिमा परीक्षा लिखित सम्पन्न भएको हो ।

सरकारले स्थानीय तहको निर्वाचन २०७९ को लागि  चैत्र ६ गतेदेखि ११ गते म्यादी प्रहरी भर्ना आवेदन कार्य सुरु भएको थियो ।  निर्वाचनका लागि काभ्रेमा १६ सय ११  जना म्यादी प्रहरी माग गरेको छ । जसका लागि काभ्रेमा ८ सय ३४ जना महिला र २३ सय ३९ जना पुरुष गरी ३१ सय ७३ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय