काभ्रे : बेथानचोक खबर डट कमलाई न्यू एस एण्ड एस फेसन वेयर धुलिखेलले टि–सर्ट वितरण गरेको छ । बेथानचोक खबर डट कमद्वारा आयोजित पाँचौ वार्षिकोत्सव कार्यक्रमको अवसरमा न्यू एस एण्ड एस फेसन वेयरले टि–सर्ट वितरण गरेको हो ।
न्यू एस एण्ड एस फेसन वेयरले बेथानचोक खबर डट कम परिवारलाई २५ पिस टि–सर्ट वितरण गरेको हो । सामाजिक कार्यमा अग्रसर रहेका न्यू एस एण्ड एस फेसन वेयरका प्रोपाइटर सुवास अधिकारी (काभ्रेली बाबु)ले पत्रकारलाई टि–सर्ट वितरण गरेर सहयोग गर्न पाउँदा खुशी प्राप्त भएको बताए ।
आफ्नो संस्थालाई गरेको सहयोगप्रति बेथानचोक खबर डट कमका निर्देशक सुरज श्रेष्ठले न्यू एस एण्ड एस फेसन वेयरका प्रोपाइटर अधिकारीप्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।



















