काभ्रे प्रहरीद्वारा म्यादी प्रहरीको लिखित परीक्षाको नतिजा सार्वजनिक
आइतबार, चैत्र २०, २०७८ | १२:१६:४६
काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेले म्यादी प्रहरीको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । चैत्र १८ गते सञ्चालन भएको म्यादी प्रहरीको लिखित परीक्षाको नतिजा कार्यालयले आज सार्वजनिक गरेको हो ।
काभ्रेमा म्यादी प्रहरीको लिखित परीक्षामा २३ सय ३४ जना सहभागी भएका थिए । जसमध्ये २ हजार २७ जना उत्तीर्ण भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार लिखित परीक्षामा छनौट भएकाहरुको चैत्र २० र २१ गते अन्तर्वार्ता हुनेछ ।
स्थानीय तहको निर्वाचन २०७९ को लागि काभ्रेमा १६ सय ११ जना म्यादी प्रहरी माग गरेको छ । जसका लागि काभ्रेमा ८ सय ३४ जना महिला र २३ सय ३९ जना पुरुष गरी ३१ सय ७३ जनाले आवेदन दिएका थिए ।