पौडी खेल्न गएका बालकको डुबेर मृत्यु

झापा : झापामा पौडी खेल्न गएका एक बालकको डुबेर मृत्यु भएको छ । शनिबार झापा दमक–५ का कृष्णकुमार राईका १३ वर्षीय छोरा रोहण राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमक–२ मा रहेको लाजेको बाँधमा साथीसँग पौडी खेल्ने क्रममा अचानक बालक राई डुबेका र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिए । उनका अनुसार बालक एक्कासी दहमा डुबेपछि उनका साथीहरूले स्थानीयवासीसँग हारगुहार गरेको जनाइएको छ । ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस