सिगंटीमा बृहत् निः शुल्क स्वास्थ शिविर सम्पन्न
दोलखा : लायन्स क्लब अफ काठमाडौ माउण्ट एभरेस्ट नेपाल को आयोजनामा दोलखाको सिगंटीमा बृहत् निः शुल्क स्वास्थ शिविर कार्यक्रम सम्पन्न भएको छ । शिविर कार्यक्रमलाई सम्बोधन गर्दै बिगु गाउँपालिकाका उपाध्यक्ष संजिव ओलीले नागरिकका नैसर्गिक अधिकार भित्र पर्ने स्वास्थका कार्यक्रम गाउँम सञ्चालन भएकोमा आयोजकप्रति आभार प्रकट गरे ।
गाउँपालिकाका स्थानीयलाई संविधानले तोकेका अधिकारको सुनिस्चित गराउन सक्नु नै १० वर्षे जनयुद्ध र जन आन्दोलनबाट प्राप्त सिमित अधिकारको न्यायोचित सदुपयोग मान्नु पर्ने उपाध्यक्ष ओलोको तर्क छ । आज जसरी गाउँबासिले सेवा लिनु भयो त्यो उहाँहरुको नैसर्गिक अधिकार हो भन्ने बुझाई हामी जनप्रतिनिधि जबसम्म बुझ्दैनौ तब सम्म सिंह दरवार गाउँमा भनेर फलाक्नुको कुनै अर्थ नरहेको बताए । लायन्स क्लबहरुले बिगुबासिका लागि अनुकरणीय गुण लगाएको समेत उपाध्यक्ष ओलिको कथन थियो।
समय समयमा यस्ता खालका शिविरका कार्यक्रम सञ्चालन भएमा ओखतीमुलोको अभावमा कोही कसैले जीवन गुमाउनु पर्ने अवस्था बिगुबासिमा नआउने सेवाग्राही टोल्की बिकले बतए । आर्थिक अवस्था कम्जोर भएकै कारण उपचारमा जुट्न नकिरहेको बेलामा संस्थाले सञ्चालन गरेको यस्ता कार्यक्रमले आफ्नो स्वास्थ्य स्थितीमा सुधार आउनेमा उनी विश्वस्त छन् ।
गाउँबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गरेर सहयोग गरेकोमा उनले आयोजक संस्थाप्रति आभार प्रकट गरे । उक्त स्वास्थ शिविरबाट आफू जस्तै सयौंले सेवा पाएकोमा सेवाग्राहीले आयोजकलाई मुक्तकण्ठले सम्मान गरेका थिए ।