काठमाडौँमा करेन्ट लागेर एक पुरुषको मृत्यु
आइतबार, चैत्र २०, २०७८ | १६:२७:४८
काठमाडौँ : काठमाडौँमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । काठमाडौँको दरबारमार्गस्थित एउटा बिजुली पसलमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४४ वर्षीय सन्तकुमार मिश्र रहेका छन्।
उनको आज दिउँसो १ बजे कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । बिजुली मर्मत गर्दा मिश्रको मृत्यु भएको बुझिएको छ। करेन्ट लागेलगत्तै प्रहरीले उनलाई अस्पताल पुर्याएको थियो।