बिहिबार, माघ २९, २०८२
सार्वजनिक यात्रुबाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि

काठमाडौँ :  सार्वजनिक यात्रुबाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि भएको छ । आइतबारदेखि सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा बढेको छ । यातायात व्यवस्था विभागले आइतबारदेखि सार्वजनिक तथा मालबाहक सवारीसाधनको भाडा वृद्धि गरेको हो ।  जसअनुसार एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि भएको हो ।

आइतबार नै भाडादरको सूची सार्वजनिक गरेको छ ।  पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनको भाडादर १३ र तराईमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर १५ प्रतिशतले बढेको छ । विभागका महानिर्देशक नमराज घिमिरेले नयाँ भाडादर आइतबारबाटै लागू भएको जानकारी दिए । साथै अब इन्धनको मूल्य ५ प्रतशितभन्दा धेरैले घटबढ भएमा सो अनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन हुने भएको छ । घिमिरेका अनुसार वभिागले स्वचालित भाडा प्रणाली लागू गर्न १३ वटा सूचकलाई आधार बनाइएको छ । ती सूचकमध्ये पेट्रोलियम पदार्थको मूल्य हिस्सा ३५ प्रतशित रहन्छ ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय