
काभ्रे :जिल्लाको भुम्लु गाउँपालिका वडा नं ६ स्थित कोलातीका दलित समुदायलाई उन्नत जातको बाख्रा वितरण गरिएको छ ।
वडाका सम्पूर्ण दलित घर परिवारलाई उन्नत जातको बाख्रा वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुवँरको प्रमुख आतिथ्यतामा कोलातीका दलित समुदायलाई बाख्रा वितरण गरिएको हो ।
भुम्लु गाउँपालिकाको वडा नं ६ को वडा कार्यालयको आर्थिक वर्ष २०७७/७८को कार्यक्रम अनुसार वडाका दलित समुदायलाई उन्नत जातको बाख्रा वितरण गरिएको वडा अध्यक्ष भरत बहादुर शिवभक्तीले बताए । उनका अनुसार वडाका ७१ दलित घर परिवारलाई उन्नत जातको बाख्रा वितरण गरिएको हो ।
बाख्रा पालन व्यवसायबाट उक्त समुदायको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ उन्नत जातको बाख्रा वितरण गरिएको वडा अध्यक्ष शिवभक्तीले बताए ।