मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा एक युवतीको मृत्यु

काठमाडौँ : काठमाडौँको कलंकी नजिकै स्युचाटारमा मोटरसाइकल डिभाइडरमा ठोक्किदाँ एक युवतीको मृत्यु भएको छ ।

गए राति स्युचाटारमा प्रदेश ०२– ०२१ प ६३३१ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएर पल्टिँदा नुवाकोट घर भई काठमाडौंं थानकोटमा बस्दै आएकी २५ वर्षीया लक्ष्मी दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते दर्नालको नेपाल नेशनल अस्पताल कंलकीमा उपचारको क्रममा मृत्यु भएको हो। तीब्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ।

मृतक युवतीको साथमा सवारी अनुमति पत्रसमेत नभएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस