आइतबार, बैशाख ०६, २०८३
‘आरआरआर’ को सिक्वेल बन्ने

बजरंगी भाईजान, बाहुबली र हालैको ब्लकबस्टर आरआरआर जस्ता अलटाइम ब्लकबस्टर फिल्मका लेखक राजामौलीका बुबा विजयेन्द्र प्रसादले आरआरआरबारे नयाँ खुलासा गरेका छन् ।

एक मिडियासँगको अन्तर्वार्तामा विजयेन्द्र प्रसादले राम चरण र जुनियर एनटीआर स्टारर आरआरआरको सम्भावित सिक्वेलको सम्भावनाहरू खोज्न थालेको बताएका छन् ।

लेखकले भने, ‘जब मैले सम्भावित सिक्वेल खोज्न थालें, केही आइडियाहरू आए। सबैले मन पराए पनि। भगवानले चाहे भने केही समयपछि हुन सक्छ।’ विजयेन्द्र प्रसादले ‘आरआरआर’ मा रामचरणलाई बढी महत्व दिइएको विवादास्पद विषयलाई लिएर प्रतिक्रिया दिएका छन् ।

जुनियर एनटिआरले यो फिल्म आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन भएको भन्दै बताएका छन् । फिल्ममा एनटीआरलाई कम महत्व दिइयो भन्ने कुरामा कुनै सत्यता छैन।

सिफारिस

ताजा समाचार

लोकप्रिय