स्थानीय तह निर्वाचनको लागि मतपत्र छपाइ आजबाट सुरु

काठमाडौं : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मतपत्र छपाइ आजबाट सुरु भएको छ । निर्वाचन आयोगले मतपत्र छाप्ने निर्णय गरेर जनक शिक्षा सामाग्री केन्द्रलाई पत्र पठाएको र मतपत्र छाप्ने काम शुरू भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

आयोगले स्थानीय तह निर्वाचनको लागि एक करोड ९४ लाख थान मतपत्र छाप्ने तयारी गरेको छ ।पहिले दुर्गम क्षेत्रमा पठाउने मतपत्र छपाइ हुने र क्रमशः सुगम क्षेत्रको मतपत्र छपाइ हुने आयोगले बताएको छ ।

स्थानीय तह निर्वाचनको लागि सबैभन्दा ठूलो मतपत्र ५६ लहरको रहेको छ । त्यसमध्ये सबैभन्दा सानो डोल्पाको मतपत्र हुनेछ । जसमा १६ लहर मात्रै हुनेछन् । २३ लहर समूहका ७७ प्रकारका मतपत्रको छपाइ सुरु भएको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस