रोशीमा अध्यक्षका लागि काँग्रेसका अब्बल उम्मेदवार डि. बी लामा
काभ्रे : स्थानीय तहको निर्वाचन २०७९ को लागि जिल्लाको रोशी गाउँपालिकामा नेपाली काँग्रेसबाट करिब आधा दर्जनले गाउँपालिका अध्यक्षको लागि दाबी गरेको छन् । जसमा गाउँपालिकाका हाल अध्यक्ष डि.बी लामाले पनि अध्यक्षका लागि पुनः उम्मेदवारी दिने चर्चा बढेको छ ।
गाउँपालिकामा लामाको नेतृत्वमा ५ वर्षको कार्यकालमा भएका कार्यसम्पादनका आधारमा पनि रोशीमा उनले उम्मेद्वारी पाउने सम्भावना बढेको पार्टी निकटका जानकारहरु बताउँछन् ।
उनको नेत्तृत्वमा बितेको ५ वर्षमा रोशीको मुहार फेरिएको, विकासले फड्को मारेको, स्वास्थ्य, शिक्षा, बाटो, खानेपानी लगायतका क्षेत्रमा उल्लेखनीय काम भएको देखिन्छ । त्यसकारण पनि लामाले पुनःअध्यक्षको टिकट पाउने जानकारहरुले बताएका छन् ।
लामासँगै रोशीमा अध्यक्षका लागि नेपाली काँग्रेसबाट दिनेश लामा, चन्द्र लामा , गुणराज मोक्तान, शंखबुद्ध लामा लगायतले दाबी गरेको जनाइएको छ । उल्लेखति दाबी उम्मेदवारमध्ये रोशीमा अध्यक्षका लागि काँग्रेसबाट डि. बी लामाको उम्मेदवारी अब्बल देखिएको छ ।