बनेपामा मेयरका लागि काँग्रेसबाट शान्ति रत्न शाक्यको उम्मेदवारी घोषणा

काभ्रे : आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि काभ्रेमा चुनावी चहलपहल सुरु भइसकेको छ । जिल्लाको १३ वटा स्थानीय तहमध्ये निर्वाचनको लागि सबैको चासोको विषय बनेको बनेपा नगरपालिकामा कुन पार्टीबाट क–कसले उम्मेदवारीको दाबी गर्लान् भन्नेमा धेरैको जिज्ञासा भएको देखिन्छ ।

धेरै चासोको विषय भएकै बेलामा बनेपा नगरपालिकामा मेयरका लागि नेपाली काँग्रेसका सक्रिय राजनितिक व्यक्तित्व शान्ति रत्न शाक्यले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली काँग्रेसको प्रतिनिधि सभा २ कार्य समिति सदस्य समेत रहेका शाक्यले नयाँ भिजनका साथ बनेपाको मुहार फेर्ने प्रण लिएर मेयरका लागि उम्मेदवारीको घोषणा गरेका हुन् । शाक्यले मेयरका लागि उम्मेदवारी दाबी गरेसँगै बनेपामा राजनितिक माहोल तातिएको छ ।

बनेपामा एउटा छुट्टै पहिचान बनाएका शाक्य करिब दुई दशकदेखि राजनितिक एवं सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । पार्टी संगठन बिस्तारदेखी विकास निर्माण एवं सामाजिक कार्यमाअग्रसर रहेका शाक्यले बनेपा नगरपालिकाको कुशल नेत्तृत्व गर्न सक्षम एवं प्रतिष्ठित व्यक्तिको रुपमा पहिचान बनाएका छन् ।

त्यसकारण पनि शाक्यले बनेपामा मेयरको टिकट पाउने सम्भावना उच्च रहेको स्रोतले जनाएको छ । शाक्यले बनेपा नगरपालिकामा  मेयरको टिकट पाएमा उनको जित सुनिश्चत भएको पार्टी निकट जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस