पनौतीमा ऐतिहासिक हरसिद्धि जात्रा चैत्र २८ गतेदेखि मनाइने

काभ्रे : हरेक १२ वर्षमा लाग्ने ऐतिहासिक हरसिद्धी जात्रा यो वर्ष जिल्लाको पनौती नगरपालिकामा हुने भएको छ । जात्रा चैत्र २८ गतेदेखि वैशाख १ गतेसम्म ४ दिन मनाइने. छ । ६० वर्षदेखि पनौतीमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन । यस वर्ष उक्त जात्रा मनाउनका लागि स्थानीयहरु जुटेका छन्।

ऐतिहासिक हरसिद्धि जात्राको तयारी तीव्र पारिएको हरसिद्धि जात्रा व्यवस्थापन समितिका संयोजक सुरेश सैँजूले बताए । जात्रा सहज ढङ्गले सञ्चालन गर्नका लागि सैँजूको अध्यक्षतामा समिति गठन गरिएको छ । विसं २०६६ देखि जनसहभागिताबाट रकम सङ्कलन गरी भव्यरूपमा जात्रा सञ्चालन गरिँदै आएको छ । अब कोष स्थापना गरी जात्रा सञ्चालन गरिने सैँजूको भनाइ छ ।

चैत्र २८ गते ललितपुरको हरसिद्धीबाट देवगण (नाच देखाउने तालिम प्रप्ता युवाहरु सहितको १ सय भन्दा धेरै पनौतीमा हरसिद्धी नाचको लागि आउने हरसिद्धी जात्रा मूल व्यवस्थापन समिति अध्यक्ष सुरेश सैजुले जानकारी दिए। पहिलो दिन पनौती आउने देवगणसहितलाई स्वागत गर्ने, दोस्रो र तेस्रो दिन चैत २९ र ३० गते पनौतीको मुख्य बजारमा रहेको हरसिद्धी डबली, मुख्य बजारमा नाच प्रर्दशन गरिने सैजुले बताए।

दुई दिन नाच सकेपछि बैशाख १ गते बिधिवतरुपमा पनौतीबाट हरसिद्धी नाच देवगण टोलीलाई बिधाई गरिने प्रचलन रहेको सैजुले बताए। ललितपुरको हरसिद्धीबाट पनौती आउने देवगणहरु २९ जना रहेको जात्रा समितिले जनाएको छ।

वि.स २००६ सालमा पनौतीमा बिधिवतरुपमा हरसिद्धी नाच जात्रा भएको तर त्यसपछिको २०६६ सालमा स्व विष्णुदास स्याउलको नेतृत्वमा जात्रा व्यवस्थापनको लागि अघि बढेतापनि विधिवतरुपमा जात्रा हुन सकिरहेको थिएन।

हरसिद्धी नाच जात्राको समयमा त्रिशाक्ति हरसिद्धीको पनौतीमा बास रहुन्जेल अन्य कुनै बाजा बजाउन नहुने पूजाको समयमा कुखुराको मासु, अण्डा र लसुनसमेत निषेध गरिएको जात्रा ब्यवस्थापन समितिले जनाएको छ।

यो वर्ष हरेक १२ वर्षमा लाग्ने उक्त जात्रा नाच पनौतीमा विधिवत रुपमा संचालनको लागि सबै तयारी गरिरहेको हरसिद्धी जात्रा आर्थिक समितिको संयोजक पुरुषोतम कर्माचार्यले जानकारी दिए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस