रोशीका ३ जना युवालाई प्रोत्साहन रकम वितरण
काभ्रे : जिल्लाको रोशी गाउँपालिकाले पालिकाका ३ जना युवालाई प्रोत्साहन रकम वितरण गरेको छ । गाउँपालिकाले “एक गाउँ एक अधिकृत र एक गाउँ एक इन्जिनियर ” उत्पादन प्रोत्साहन रकम वितरण गरेको हो ।
आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा “एक गाउँ एक अधिकृत र एक गाउँ एक इन्जिनियर” उत्पादन गर्ने नीति अनुसार उक्त रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
उक्त कार्यक्रम अन्तर्गत अधिकृततर्फ रोशी-१० की गरिमा जिम्बा र रोशी-९ की प्रेरणा क्याप्छाकी मगरलाई २५/२५ हजार तथा इन्जिनियर तर्फ रोशी- ६ का नरेश लामालाई नगद रु ५० हजार नगद प्रोत्साहन स्वरुप प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष डि.बि लामाले उनीहरुलाई प्रोत्साहन रकम वितरण गरेका हुन्ु ।
पालिकाले सार्वजनिक सेवामा विपन्न तथा जेहेन्दार नागरिकको पहँुच पुर्याउन उक्त योजना अगाडि सारेको थियो । पालिकाले छनौटका लागि निश्चित मापदण्ड बनाएको थियो ।
प्रमुख प्रशासकिय अधिकृृत राम बहादुर तामाङका अनुसार शाखा अधिकृतका लागि फारम भरेको प्रवेश पत्रको प्रतिलिपि, शाखा अधिकृतको प्रारम्भिक परीक्षा उतिर्ण गरेको नतिजाको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडाबाट विपन्न सिफारिस मागिएको थियो ।
त्यस्तै एक गाउँ एक इन्जिनियर तर्फ इन्जिनियरिङ विषयमा प्रविणता पत्र उत्तिर्ण गरेको, सामुदायिक क्याम्पसबाट स्नातक इन्जिनियरिङ भर्ना गरेको प्रमाणपत्रको प्रतिलिपि लगायतका आधारमा छनौट गरी प्रोत्साहन स्वरुप उक्त रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गत वर्षमा एक गाउँ एक अधिकृत तर्फ रोशी १२ का विजय मोक्तानलाई वितरण गरिएकोमा हाल शाखा अधिकृत पदमा नियुक्त भई सेवा प्रदान गरिएको छ ।